Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

थानकोट–चित्लाङ सडक बन्द हुने


थानकोट–चित्लाङ सडक साउनको २० गतेसम्म बन्द हुने भएको छ । सेतो पहरो क्षेत्रमा एक महिनादेखि विहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँमा फराकिलो बनाउने काम भइरहेको छ ।

कडा चट्टानका कारण सडकको काममा ढिलाइ भएकोले आउँदो साउन २० गतेसम्मको लागि थानकोट–चित्लाङ सडक बन्द हुने सडक डिभिजन काठमाण्डौले जनाएको छ ।

अब साउनको २० गतेसम्म बैकल्पिक बाटोको प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन काठमाण्डौले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार