Logo
२७ कार्तिक २०८२, बिहीबार
|  Thu Nov 13 2025

सुनको मूल्य फेरि उकालो


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.३८ प्रतिशत अर्थात प्रतिऔंस ९.०५ डलरले बढेको छ ।

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०७ डलर कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतिऔंस ४० डलरले घटेको सुनको मूल्य आज भने बढेको हो ।

यता, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज चाँदीको मूल्य ०.०२ प्रतिशत अर्थात प्रतिऔंस ०.०१ डलरले घटेको हो । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार