
नेपालमा विमानको ७५ वर्षे इतिहासमा बुधबार (साउन ९) गते भएको विमान गरी हालसम्म ७० वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । जसमा नेपाली र विदेशी कम्पनीबाट सञ्चालित विमानहरु पर्छन् ।
अहिलेसम्म विभिन्न जिल्लामा भएका ७० वटा विमान दुर्घटनामा परेर ९६४ जना स्वदेशी र विदेशी नागरिकले ज्यान गुमाउनुपरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार स्वदेशी विमान (सिंगल र डबल इन्जिनका) दुर्घटनामा ५०१ र विदेशी विमान दुर्घटनामा ३७१ जनाको मृत्यु भएको पाइन्छ ।
नेपाली राष्ट्रिय ध्वजाबाहक र निजी कम्पनीहरुले सञ्चालन गरेका डबल इन्जिनयुक्त विमानहरुमध्ये हालसम्म ५१ र सिंगल इन्जिनयुक्त विमानमध्ये ९ वटा विमानहरु दुर्घटनामा परिसकेका छन् ।
जसमध्ये डबल इन्जिनयुक्त विमान दुर्घटनामा ४६९ र सिंगल इन्जिनयुक्त विमान दुर्घटनामा ४७ जनाको मृत्यु भएको देखिन्छ ।