Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

दशबुँदे कार्यान्वयन गर्न एमालेमा दुईजना अध्यक्ष हुने सहमति भएको भीम रावलको खुलासा


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशबुँदे सहमति गर्ने क्रममा दुईजना अध्यक्ष रहने सहमति भएको बताएका छन्। दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट राजीनामा दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्।

असार २७ गते दशबुँदे सहमति भएपछि साउन ६ गते अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाललाई पनि अध्यक्ष बनाउने सहमति भएको रावलको भनाइ छ। उक्त सहमति गर्दा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र आफू रहेको उनले उल्लेख गरेका छन्।

भदौ ७ गते अध्यक्ष ओलीकै निवासमा ‘पक्षपात गरिने छैन’ भनेर वाचा गरेको तर अहिले त्यस्तो नदेखिएकाले राजीनामा दिनुपरेको रावलको भनाइ छ। दशबुँदे सहमति, अन्तरपार्टी निर्देशन-१२ लगायतमा पूर्वजिम्मेवारी यथावत रहने उल्लेख भएपनि आफूलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज नदिएर पक्षपात गरेको उनले बताएका छन्।

यसैगरी, कसैलाई खुशी बनाउन केन्द्रीय कमिटीमा थप्ने, कसैलाई जिम्मेवारी नदिने जस्ता क्रियाकलाप भइरहेकाले उक्त सहमति कार्यान्वयनमा चासो नरहेको आफूले बुझेको रावलले पत्रमा उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार