Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन भन्दै ‘गौशाला २६’ ले दिइन् निवेदन


नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ ले उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा अव सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन माग गर्दै निवेदन गरेकी उच्च सरकारी वकिल कार्यालय पाटन स्रोतले जनाएको छ ।

उच्च अदालत पाटनले गौशाला २६ को जाहेरीपछि दर्ता भएको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो ।

बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छिन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडी नबढोस् भन्ने चाहाना राखेर निवेदन दिएको दाबी गरेकी छिन् ।

उनले हस्त लिखित रूपमा निवेदन उच्च सरकारी वकिल कार्यालयमा पेस गरेकी छिन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको कुरा उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो ।

उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार