Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

पर्सा घटना छानबिनका लागि ३ सदस्यीय समिति गठन


पर्सामा प्रहरी नायब उपरीक्षकले एकजना मेडिकल कर्मचारीलाई कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाबारे विस्तृत रिपोर्ट तयार पार्नेगरी ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।

वीरगंजको आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउस छेउको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो बनाएको भन्दै पर्सा प्रहरी नायब उपरीक्षक कार्कीले मोबाइल लिन जाँदा हातपात गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका थिए ।

बुधबार बिहान १० बजेर २१ मिनेटमा सर्जिकल हाउसमा प्रवेश गरी प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले कुटपिट गरेको बताइन्छ । छेउको किराना पसल बन्द गराउँदा अहमदले भिडियो खिचेको आरोपमा प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले सर्जिकल पसलका कर्मचारीमाथि कुटपिट गरेको सञ्चालक करण पटेलको भनाइ छ ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार