Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

साताको पहिलो दिन ५५ अंकले बढ्यो नेप्से


साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से) ५५.५० अंकले बढेको छ । गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो । बैंकिङबाहेक सबै परिसूचक बढ्दो क्रममा छ ।  आज नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ ।

आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.४६ अंकले बढेर ५३०.४६ पुगेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६.५४ प्रतिशत बढेको छ । वाणिज्य समूहको ५.९६ र होटल तथा पर्यटन समूहको सेयरमा ५.४४ प्रतिशत वृद्धि देखिएको छ ।

आज बैंकिङ समूह परिसूचक भने ०.१६ प्रतिशत घटेको छ । आज एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् भने युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार