आफ्नी आमाहरुसँग सानी आमा भेट्न गएका दुई बालकको तिनाउ नदीमा बगेर मृत्यु भएको छ । मृत्यु हुनेमा बरेङ गाउँपालिका वडा नं ४ बाग्लुङ घर भई सृजनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे रहेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ११ सृजनानगरमा रहेको आफन्तलाई भेट्न गएका विवश र बिप्रन तिनाउ नदीमा पौडी खेल्ने क्रममा शुक्रवार साँझ बेपत्ता भएका थिए। विवश खत्री शुक्रबार राती नै खोलामा मृत फेला परेका थिए भने सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डेको शव शनिबार बिहान झण्डापुर स्थित तिनाउ नदिमा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का सात वर्षीय बालकले आफन्तलाई खबर गरेका थिए।
मृतक दुबै बालक दिदिबहिनीका छोरा हुन् । उनिहरु आफ्नी आमाहरुसँग सानी आमाको घर गएका थिए ।