Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

पहरोमा परि पाँच जना बेपत्ता, दुई जनाको उपचारका लागि काठमाडौं ल्याइयो


उत्तरी गोरखाको धार्चेमा गएको पहिरोबाट घाइते भएका दुई जनाको उपचारका लागि काठमाडौँ ल्याएको छ । धार्चे ५ रेशा गाउँमा पहिरोमा परि अझै ५ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकोप्टर मार्फत उपचारका लागि टिचिङ अस्पताल ल्याइएको हो ।

बेपत्ताहरूको पनि पहिचान भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका ५ रेशा बस्ने ३७ वर्षका जीतबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षकी कान्छी गुरुङ, बुबा ६० वर्षका सुलार कान्छा गुरुङ, सिम्ला बस्ने ३३ वर्षका रमेश गुरुङ र आरुघाट गाउँपालिका ७ आरुपोखरीका २४ वर्षीय रमेश परियार छन् ।

जीत घरका धनी हुन् । रमेश कामदार र अर्का रमेश परियार ट्याक्टर चालक हुन् । बेपत्ताको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको छ भने नेपाली सेना र सशस्त्र प्रहरीको टोली जाँदै छ ।


प्रतिक्रिया दिनुहोस !
विचार