Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

गुडिरहेको ट्रकमा आगलागी, जलेर नष्ट


लमहीमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्दा जलेर नष्ट भएको छ । सडकमा गुडरहेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको रित्तोे ट्रकमा आँफै आगो लागेको चालकले बताएका छन् ।

बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका वडा नम्बर ९ चाउखोला नजिकको जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार