Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

पोखरा बस दुर्घटना अपडेटः दुई जनाको मृत्यु


पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा स्कुलमा सहयोगीको रूपमा काम गर्ने आरती विक र उनका छोरा प्रिन्सको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

बिहान विद्यार्थी लिएर स्कुल जाँदै गरेको एलपी देवकोटा मेमोरियल स्कुलको बस पोखरा महानगरपालिका–१७ फुस्रे खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा विद्यार्थीसहित २३ जना घाइते भएका र उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार