Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पछिल्लो २४ घण्टाभित्र ४०८ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु


पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल सात हजार ८९९ जनाको नमूना परीक्षण गर्दा ४०८ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७६ र एन्टिजेन विधिबाट ३२ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल पाँच हजार ७३१ जनाको पीसीआर र दुई हजार १६८ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ५१८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार