Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

हर्क साम्पाङविरुद्ध आन्दोन घोषणा


धरानका मेयर हर्क साम्पाङ फेरी विवादमा परेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयर जितेसँगै दलहरूसँग मेयर साम्पाङको सम्बन्ध राम्रो छैन ।

त्यही विवादको शृंखला धरानमा फेरि दोहोरिएको छ। धरानका राजनीतिक दलहरू र मेयर साम्पाङ पुनः आमनेसामने भएका छन्। मेयर साम्पाङले आफू खुसी खानेपानीको शुल्क वृद्धि गरेको भन्दै दलहरु रुष्ट बनेका छन् । खानेपानीको मुद्दा उठाएरै उपमहानगरको मेयर बनेका साम्पाङले यसपटक आफ्नै पूर्वप्रतिबद्धता लत्याउँदै खानेपानी शुल्कमा भारी वृद्धि गरेको राजनीतिक दलहरुको आरोप छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डमा पदेन अध्यक्ष रहेका मेयर साम्पाङले एकल निर्णयबाट खानेपानीका विभिन्न शुल्कमा ९ सय प्रतिशतसम्म बढाएपछि धरानमा दलहरूले आन्दोलन घोषणा गरेका छन्। खानेपानी सहजै र सकेसम्म निःशुल्क उपलब्ध गराउनुपर्छ भन्ने नारासहित मेयर बनेका साम्पाङले एकल निर्णयबाट अचाक्ली शुल्क बढाएको भन्दै १० वटा राजनीतिक दलहरुले आन्दोलनको घोषणा गरिएको नेपाली कांग्रेस धरानका एक नेताले बताए ।

‘खानेपानी बोर्डको स्वघोषित अध्यक्ष हर्कराज राई (साम्पाङ) ले एकल निर्णय गरेर नौ सय प्रतिशतसम्म शुल्क वृद्धि गर्ने काम कुनै पनि अर्थमा जायज नहुने भन्दै आन्दोलनको घोषणा गरिएको ती नेताको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार