ललितपुर महानगरपालिकाले नक्सापास नभएका टहरा भत्काएको छ ।
बिहीबार ललितपुर महानगर प्रहरी बलले सातदोबाटो स्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको हो । मापदण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा डोजर चलाइएको महनगरले जनाएको छ ।
पछिल्लो समय ललितपुर महानगरपालिकाले नक्सा पास नभएका सावजनिक स्थानमा निर्माण भएका घर तथा टहराहरु भत्काउँदै आएको छ ।