Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

अरिङ्गालले चिल्दा युवकको मृत्यु


गुल्मीमा अरिङ्गालले चिलेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले चिलेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको शुक्रबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई चिलेको हो । अरिङ्गालले चिलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार