Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

केपी ओलीले भ्रष्टाचारबाहेक केही गरेनन्ः माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारले सीमा नाघेको आरोप लगाएका छन्। इन्जिनियरिङ एसोसिएसनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो। म भ्रष्टाचार पनि गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्ने तर, ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन।’

देश र जनताको आवश्यकताभन्दा बाहिर गएर बालुवाटारमा अनावश्यक हेलिप्याड बनाएको आरोप लगाए। अध्यक्ष नेपालले भने,‘१० मिनेटमा त्यहाँबाट विमानस्थल पुग्न सक्छौँ। तर, ओलीले बालुवाटारमा करोडौं खर्च गरेर हेलिप्याड बनाएका रहेछन्।’ ओलीले भ्रष्टाचारबाहेक केही नगरेको नेपालको आरोप छ ।

पछिल्लो साय ओली र नेपाल एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने क्रम बढेको छ । कतिपयले यसलाई उनीहरुको चुनाव लक्षित क्रियाकलापको रुपमा बुझेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार