Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

सम्मानजनक बहिर्गमनको लागि प्रधानन्यायाधीश तयार, वार्ता गर्न ३ सदस्यीय टोली गठन


सम्मानजनक बहिर्गमनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तयार भएसँगै सर्वोच्चमा जारी विवादले निकास पाउने देखिएको छ । सर्वोच्चमा आइतवार बसेको न्यायाधीशहरूको बैठकले सम्मानजनक बहिर्गमनका लागि प्रधानन्यायाधीश तयार भएपछि थप छलफलका लागि ३ न्यायाधीश रहेको वार्ता टोली गठन गरिएको छ ।

समितिमा न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा छन् । प्रधानन्यायाधीश जबरा सम्मानजनक बहिर्गमनका विषयमा टोलीले आज एक चरणको छलफल गरिसकेको छ ।

विश्वसनीय आधार आयो भने थप छलफल गरेर निष्कर्षमा पुग्ने तयारीमा न्यायाधीशहरु रहेका छन् । न्यायाधीशहरूको बैठक भोलि पुन: बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार