Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा आज फैसला


बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले गरेको निर्णय आज सुनाउने भएको हो। असोज १८ गते प्रधानन्यायाधीश जबरा र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा बहस सकिएपछि निर्णय सुनुवाइका लागि आजको मिति तोकेको थियो।

यद्यपि सर्वोच्चका न्यायाधीशको निरन्तर इजलास बहिस्कारले फैसला सुनाउने नसुनाउनेबारे भने अन्योल देखिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

२०७६ माघ २९ मा दर्ता भएको न्यौपानेको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएपनि सुनुवाई हुन सकेको थिएन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलले २०७६ माघ २२ मा बालुवाटारस्थित ललितानिवास क्याम्पको करीब १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेल्ने १७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार