Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

माननीय मन्त्री एक महिना नबोल्ने व्रत लिइदिनुस्ः गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका मन्त्रीहरूलाई अबको एक महिना नबोली काममा लाग्न सुझाव दिएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थापाले मन्त्रीहरूले उद्घाटन र भाषण छाडेर जनताका काममा लाग्न अनुरोध गरे । उनले त्यसका लागि कुनै छुट्टै कानुन नचाहिने र संविधान संशोधन पनि गर्न नपर्ने भन्दै मात्र मन्त्रीहरूले इच्छाशक्ति राख्नुपर्ने बताए ।

‘अव साउन सकिनै लाग्यो । साउन राम्रो महिना सकियो । तीर्थ व्रत पनि सकिन लाग्यो । भदौ एक महिना हाम्रा माननीय मन्त्री व्रत लिइदिनुस् थापाले भने, ‘के व्रत भन्दा नबोल्ने व्रत । उद्घाटन नगर्ने व्रत ।’

उनले अहिले आफूहरू बोल्ने ठाउँमा रहेको र मन्त्रीहरू काम गर्ने ठाउँमा रहेको भन्दै भदौभरि आफूहरू बोल्ने र कामको प्रचार गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार