Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

एमाले कालिञ्चोकको अध्यक्षमा ईश्वरी दाहाल


नेकपा एमाले कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ईश्वरी प्रसाद दाहाल निर्विरोध चयन भएका छन् ।
एमाले कालिञ्चोक गाउँपालिकाको प्रथम अधिवेशनले दाहाललाई अध्यक्षमा चयन गरेको हो । यस्तै अधिवेशनले उपाध्यक्षमा निसान बुढाथोकी र सचिवमा होम थामीलाई सर्वसम्मत चयन गरेको छ ।
आइतबार भएको कालिञ्चोक गाउँपालिका अधिवेशनले ६५ सदस्यीय पालिका कमिटी समेत गठन गरेको छ ।
लामो समय शिक्षण पेशामा रहेर अवकाशपछि राजनीतिमा लागेका अध्यक्ष दाहाल दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ९ सुन्द्रावतीका स्थायी बासिन्दा हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार