Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

‘मङ्कीपक्स’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । पछिल्लो समय अफ्रिकाका केही भागहरूमा व्यापक फैलिरहेको जनाइएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ ।

यसको लक्षण फ्लु जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ । यसबाट मृत्युसमेत हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार