संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर बर्माले काठमाडौं उत्रिनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेका छन् । शुक्रबार मध्यान्ह काठमाडौं उत्रिएका उनले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग संवाद गरेका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले सरकारको नेतृत्व, युएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।
नेपाल भ्रमण सकेपछि उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ । नयाँ सरकार बनेपछि यो अमेरिकाबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो ।