Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

अकस्मातको बाढीले गाउँ नै सखाप


सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा शुक्रबार दिउँसो एक्कासि पसेको भीषण बाढीले अहिलेसम्म एउटा विद्यालयको छात्रावास र केही होटल सहितका ६ वटा घर बगाएको छ। होटलहरू बगाउँदा पनि अहिलेसम्म मानवीय क्षति भएको अप्रिय खबर छैन।

बर्खाको समयमा त्यो क्षेत्रका होटल र घरहरूमा धेरै मान्छे नबस्ने भएकै कारण ठूलो क्षतिबाट जोगिएको त्यहाँका जनप्रतिनिधिहरूले बताएका छन् । तर, केहि व्यक्तिहरु भने सम्पर्कबिहिन भएको बताइएको छ । बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले टासी लाप्चा क्षेत्रको कुनै एक पोखरी फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । स्थानियहरुले भने हिमपहिरो थामे खोलामा मिसिएको हो या कुनै पोखरी फुटेको हो भन्ने यकिन् भइनसकेको बताएका छन् ।

बाढीलगत्तै काठमाडौंबाट हेलिकप्टर मगाए पनि खराब मौसमका कारण जान नसकेको स्थानिय प्रसानको भनाइ छ । ‘डुबानमा परेको बस्तीमा अहिले पानीको बहाव केही कम भएपनि निकै जोखिम भएको बताइको छ । केही झोलुङ्गे पुल पनि जोखिममा छन् । गाउँलाई अन्यत्रसँग जोड्ने सबैजसो बाटोहरू बगाएको छ भने केही पुलहरू पनि भत्केको छ।

थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढी प्रवेश गरेपछि त्यहाँको अवस्था भयावह बनेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म सात जनाको उद्धार भइसकेको छ भने प्रशासनले सबैलाई सुरक्षित ठाउँतिर जान भनेको छ।

दुर्गम ठाउँमा भएको र बाटो घाटोहरू पनि क्षतिग्रस्त भइसकेका कारण थामे गाउँमा प्रहरी पुग्न सकस भइरहेको छ। प्रदेश प्रहरीका अनुसार ’प्रहरी अन द वे नै छ,’ ’थामे गाउँभन्दा १० मिनेट पैदल दुरीमा नेपाली सेना बस्ने भएकाले सेना नजिकै रहेको सूचना छ।’ मध्यदिनमा बाढी गाउँ पसेको हो ।

गाउँ पसेको बाढीले घरहरूलाई लेदोसहित पुरेपछि गाउँमा रहेकाहरू डाँडाको भागतिर गइरहेको जनाइएकोे छ । बाढीपछि जिल्ला सदरमुकाबाट पनि सुरक्षाकर्मीको टोली परिचालित भएको खबर आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार