प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउनका लागि आफूले प्रधानमन्त्री पद सम्हाल्नुपरेको बताएका छन् ।
बुधबार स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई यो उमेरमा प्रधानमन्त्री बन्ने कुनै रहर नभएको भन्दै नवीन र सृजनशील सोचका साथ युवा र महिलाले काम गर्नुपर्ने बताए । ओलीले स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने अवस्था बनाउने पनि बताए ।
आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन उनले जोड दिए ।
उनले आफूले झन्डा हल्लाउन मात्रै सरकारको नेतृत्व नगरेको पनि बताएका छन् ।