Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

धरहरा खुला गर्ने सरकारको तयारी


उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि छिट्टै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारले सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार