Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 1 2026

जिबीलाई बेलैमा चिन्न सकिनः लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तीको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको पनि बताए।

‘मैले त्यहाँ हेरेर, जानेर, बुझेरै काम गरेको थिएँ। छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानले जानकारी आएपछि थाहा भएको कुरा हो। त्यतिखेर थाहा भएको कुरा होइन। त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो। कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ,’ लामिछानेले भने, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो। तर सामान्यरुपमा त कसैलाई थाहा थिएन नि त।’

लामिछानेसँग शुक्रवार सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले लामो वयान लिएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार