Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

कर्णालीमा समाजवादीका तीन मन्त्री पदमुक्त, नयाँ तीन मन्त्रीले आजै शपथ लिने


कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त भएका छन्। उनीहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त भएका हुन्। नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त भएका हुन्।

उनीहरु नेकपा एमालेमै रहँदा फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए। गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था छ। एमाले विभाजन भए पछि तीनै जना नेकपा (एकीकृत समाजवादी) मा छन्।

समाजवादीकी सांसद देवी ओलीले आफ्ना पार्टीका तीन जना मन्त्री पदमुक्त भए पनि सोही ठाउँमा फेरि तीनै जना पठाइने बताइन्। अहिले कर्णाली प्रदेश सभामा समाजवादीका तीन जना सांसद मात्रै छन्। आजै तीन मन्त्रीले शपथ खाने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार