Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

१३ जिल्लाका गरिबलाई परिचयपत्र दिन बाँकी


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १३ जिल्लाका गरिबलाई परिचयपत्र दिन बाँकी रहेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयले गरेको काम र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले अब १३ जिल्लाका गरिबलाई परिचयपत्र दिन बाँकी रहेको बताए ।

उनले बैठकमा सरकारले गरिबहरूका लागि अहिले परिचयपत्र बाहेक अरू सुविधा दिन सक्ने अवस्था नरहेको बताएका छन् । मन्त्री अधिकारीले भने– ‘गरिबी निवारणका लागि अहिले हामीले गर्ने काम भनेको परिचय पत्र दिने मात्रै हो । अब १३ जिल्लामा परिचय पत्र दिन बाँकी छ यो वर्षभित्र दिइसक्ने योजना छ ।’

यस्तै उनले सरकारी जग्गाको चाक्ला बन्दी गर्ने कि व्यक्तिगत जग्गालाई चाक्ला बन्दी गर्ने भन्नेमा समस्या रहेको बताए । जग्गा जमिन भए पनि काठमाडौँ बाहिरबाट आएर सुकुम्वासी हुने समस्या रहेको र डिजिटल माध्यमबाट पत्ता लगाउन सकिने बताए । उनले ५३ जिल्लामा नापी कार्यालय डिजिटल प्रविधिमा गएको बताए ।

उनले भूमि ऐन २०७६ अनुसार सुकुम्वासी समस्या समाधान गर्न समस्या रहेको, जग्गा प्राप्तिमा बनले रोक्ने भएकोले एकीकृत ऐन ल्याउन आवश्यक रहेको बताए । यस्तै नापी सम्बन्धी ऐन र भूमि सम्बन्धी ऐनको पनि एकीकरण गर्न आवश्यक रहेकोले त्यसको गृहकार्य भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार