आज श्रीकृष्ण जन्माष्टमी पर्व । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर लगायत देशभरका अन्य कृष्ण मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।
पाटनस्थित कृष्ण मन्दिरमा पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर दिशातर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् ।
पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति पनि जाने चलन छ ।





