Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

नेपाल आयल निगमको डिपोमा कर्मचारीको हत्या


धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा रहेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

उनी ज्यालादारी कर्मचारी हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार