Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

सेयर बजारमा गयो पहिरो


आज सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ५३.६३ अंकले घट्दै २ हजार ६९५.६३ को बिन्दुमा पुगेको हो ।

यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ ।

यसदिन सुपर माइ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने ८२ वटा कम्पनीको भाउ बढ्न पुग्यो । यस्तै २४१ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । यसदिन सबैभन्दा बढी पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाउन पुगे ।

नेप्सेका अनुसार म्युचुअल फण्डकोबाहेक सबै उपसूचकहरु राताम्य बनेको यसदिन गुडविल फाइनान्सको सेयर सबैभन्दा बढी किनबेच भयो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार