तत्कालीन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाट फुटेको नयाँ जनवादी मोर्चा नेपालले काठमाडौ जिल्लाको भेला सम्पन्न गरेको छ । शनिबार सम्पन्न भेलामा समेश बुढाथोकीको नेतृत्वमा ५५ सदस्य निर्वाचित भएका छ्न् ।
भेलामा मुलतः राष्ट्रको निकासका बारेमा प्रशिक्षण भएको थियो । उक्त भेलालाई सम्बोधन गर्दै मोर्चाका सह–संयोजक बिष्णु खडकाले भने, ‘नेपाली समाजमा चरम निराशा छ, यो निराशालाई क्रान्तिमा परिवर्तन गर्नका लागि हामीले नयाँ तरिकाको क्रान्तिको सुरुवात गर्नु पर्ने छ नत्र, देश बिकास सम्भब छैन ।’
नयाँ जनवादी मोर्चा नेपाल तत्कालीन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाट फुटेर बनेको पार्टी हो ।