Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

घरसँगै पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव फेला


जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै चलाउने दम्पती पुरिएका थिए ।

पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव पुरिएको अवस्थामा फेला परेको बारेकोट गाउँपालिका स्रोतले जनाएको छ । मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाएको बताइएको छ ।

शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोट प्रहरीले जनाएको छ । ‘प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य रहेकी थिइन् भने मानबहादुर नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटीका सदस्य रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार