Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

एमालेले मलाई कारबाही गरेर देखाउः भीम रावल


नेकपा (एमाले) का नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्।

अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन्।

देश, जनता र पार्टीले लिएको नीतिका पक्षमा आफू दृढतापूर्वक खडा भएको रावलले बताए।

‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा म जानकार छु,’ उनले भने।

पार्टीले कारबाहीको तयारी गरिरहेको छ भन्ने सुनिन्छ भन्ने प्रश्नमा जबाफ दिएका रावलले भने, ‘पार्टी सिद्धान्तलाई जोगाउनुपर्छ। विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन चुनौती दिन्छु।’

उनले आफू एकीकृत समाजवादीमा जाँदैछ भनेर कारबाही गर्न खोजिएको पनि बताए। तर आफू एकीकृत समाजवादीमा नजाने पनि उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार