Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

सिके राउतले दायर गरे सम्बन्धविच्छेदको मुद्दा


जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्। राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन्।

उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुर स्रोतले जनाएको छ । सप्तरीमा जन्मिर हाल महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्।

उनकी श्रीमती रानी भारतीय नागरिक हुन्। उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन्। ठेगाना दुवैको महालक्ष्मी नगरपालिका ४ नै राख्नुभएको छ। तर श्रीमती माइती जाने गरेकोलगायत विभिन्न कारणहरू उल्लेख गर्नुभएको छ,।’ स्रोतले भन्यो । ‘अब अदालतबाट श्रीमतीको नाममा म्याद जान्छ त्यसपछि अन्य काम अगाडि बढ्छ।’ उनीहरूका दुई छोरी र एक छोरा छन्। छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन्।

चन्द्रकान्त राउत अथवा सिके राउत उनी जनमत पार्टीका अध्यक्ष हुन् । ४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार