Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । हिजोभन्दा आज सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा आज ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । तेजाबी सुन पनि प्रतितोलामा १०० रुपैयाँ बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य पनि पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार