Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

रास्वपाबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सदस्यबाट निष्कासित गरेका पूर्व सांसद डा. ढाका कुमार श्रेष्ठलाई प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । श्रेष्ठलाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हो।

साउन ३ गते पोखरा–२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागुऔषधसहित पक्राउ परेका थिए। रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई हाल पोखरा–४ नालामुख बस्दै आएका थापामगरका साथबाट प्रहरीले ट्रुपाइन ९७ चक्की बरामद गरेको थियो।

उक्त घटनाको अनुसन्धानका क्रममा थापामगरले लागुऔषध पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित दिया फार्मेसीबाट किनेको बयान दिएका थिए। श्रेष्ठ दिया फार्मेसीका सञ्चालक हुन्। मगरको बयानका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई सांसद र पार्टीको सदस्यबाट निष्कासित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार