Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

रविले निर्दोष छु भन्दै हिँड्न सुहाउँदैनः डा. महत


नेपाली काङ्ग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भए पनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक पश्चात् उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य नभएको बताए ।

उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरूबाट लिएको छ । भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नु भएको छ । यति हुँदा पनि दोषी होइन भनेर घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैर जिम्मेवार कुरा अरू हुन सक्दैन ।’

यसको साथै उनले सभामुखले प्रतिवेदनमा आएका कुराहरूलाई मध्यनजर गरेर कार्यार्थ गर्न निर्देशन दिएको अवस्थामा रवि लामिछानेले क्लिन चिट नपाएको बताए । उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरूलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन ।’


प्रतिक्रिया दिनुहोस !
विचार