भ्रमणका लागि शनिबार मात्रै चिन प्रस्थान गरेका रास्वपा सांसद तथा नेताहरुलाई देश फिर्ता बोलाइएको छ । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गर्न सक्ने भन्दै भ्रमणमा रहेका सबै सांसद तथा नेताहरुलाई फिर्ता बोइएको जनाइएको छ ।
पूर्व डीएसपी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो । सोही कारण हिजो साँझबाटै सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर बसिरहेका छन् ।
यस्तै कार्यकर्ताहरू पनि पार्टी कार्यालय पुगेका छन् । ‘यहाँ उपलब्ध सबै नेताहरू हुनुहुन्छ । कार्यकर्ताहरू पनि आउने क्रम जारी छ‚’ एक नेताले भने ।
सभापति लामिछानेले हिजो साँझै तयार भएर बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।