Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

दुर्गा प्रसाईं अस्पतालमा भर्ना


मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक अधिकृतले बताए ।

उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ । प्रसाईं आइतबार दिउँसो उनकै निवास भक्तपुरबाट पक्राउ परेका थिए ।

प्रसाईं अस्पताल भर्ना भइरहँदा उनका समर्थकहरुले भने देशका बिभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । आइतबार साँझदेखि नै प्रदर्शनमा उत्रिएका उनका केहि समर्थकहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । यता दुर्गा प्रसाईका छोरा निराजन प्रसाईँले अदालतमा बाबुको रिहाईको माग गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।

जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीपछि प्रसाईँ परिवार सर्वोच्च पुग्दै गर्दा माइतिघर मण्डलामा पनि उनका पक्षमा नाराबाजी भएको थियो । प्रसाईका समर्थकले प्रसाईलाई तत्काल रिहाई नगरे आफूहरु चुप लागेर नबस्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार