Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ


इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार