रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् ।
लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजालसले धरौटीमा छोड्न आदेश दिएको हो ।
श्रेष्ठ ७५ हजार रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेका ४८ वर्षीय श्रेष्ठ २७ भदौमा पक्राउ परेका थिए ।