Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

झ्याप्ले खोलाकोे पहिरोेबाट थप ३ जनाको शव निकालियो


नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलाको पहिरोबाट थप ३ जनाको शव निकालिएको छ। सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा र नेपाली सेना , नेपाल प्रहरी सहितको टोलीले उद्धारका क्रममा पहिरो हटाउँदै जाँदा बसको आधा भाग देखिएको छ।

उक्त बस गोरखाबाट आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार