Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

झ्याप्ले खोला पहिरो अपडेटः ३५ जनाको शव भेटियो


धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर– ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो । प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार