
दशैंका लागि घर सजाउन माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सुर्खेत गुर्भाकोट नगरपालिका–६ का ३८ वर्षीया ज्योति ओलीको मृत्यु भएको छ ।
सुर्खेत प्रहरीका अनुसार ज्योति बिहीबार बिहान सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको सानोठकेनीमा माटो लिन गएकी थिइन् ।
खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।