Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु


दशैंका लागि घर सजाउन माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सुर्खेत गुर्भाकोट नगरपालिका–६ का ३८ वर्षीया ज्योति ओलीको मृत्यु भएको छ ।

सुर्खेत प्रहरीका अनुसार ज्योति बिहीबार बिहान सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको सानोठकेनीमा माटो लिन गएकी थिइन् ।

खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार