
काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको अझै सम्म सनाखत नभएको प्रहरीले जनाएको छ । यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा–छहरे सडक प्रयोग गर्ने गरेका छन् ।
आज दुर्घटना भएको गाडी पनि टोखा–छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।
गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।