Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

प्रहरी अस्पतालकी डाक्टर सिंह वैशाखदेखि सम्पर्कविहीन


नेपाल प्रहरीकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएकी छन् ।

प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा. शिवानिस सिंह कार्यालयमा वैशाखदेखि अनुपस्थित भएकी हुन् ।

चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले १४ दिन घर बिदा लिएकी थिइन् । त्यसपछि दगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृहमन्त्रालयले जनाएको छ।

वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुनः सूचना जारी गरेको छ ।

यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार