Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी घोषणा


नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन् ।

गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् । कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तर दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ । म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु’, उनले भनिन्, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ ।’

केही समयअघि विराटनगरमा आएका डा शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार