Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

कोटेश्वरबाट महिला अपहरणको सूचनापछि टेकुबाट प्रहरी परिचालन


काठमाडौंको कोटेश्वरबाट एक जना महिला अपहरणमा परेको भन्दै प्रहरीसमक्ष सूचना पुगेको छ ।

बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ ।

प्रहरी स्रोतका अनुसार, कोटेश्वरबाट अपहरण गरेर ती महिलालाई ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको छ ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार