Logo
२८ भाद्र २०८३, आईतवार
|  Sun Sep 13 2026

द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप


वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप लागेको छ।

उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रूपैयाँ लिएको रसिद सहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेपछि उनी छानबिनमा तानिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचाभएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको मन्त्रालयलका सहसचिव निश्चलराज पाण्डेले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार